Logo

२०८३ कार्तिक १७ गते मंगलवार

२०८३ कार्तिक १७ गते मंगलवार

नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात

नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात


  • 344
    Shares

    नेपालबाट ३ महिनामै सवा २ करोड लिटर जुस निर्यात
    images

    काठमाडौं । नेपालबाट तीन महिना अवधिमा २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात भएको छ ।

    भन्सार विभागको चालु आर्थिक वर्ष २०८३/८४ साउनदेखि असोजसम्म अवधिमा नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५ सय ७५ लिटर जुस निर्यात गरेको हो ।

    यसबाट मुलुकमा २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ भित्रिएको छ । नेपालबाट निर्यात हुने जुसको मुख्य र सबैभन्दा ठूलो बजार छिमेकी भारत हो भने केही मात्रामा चीन र जापानमा पनि नेपाली जुस पुगेको छ ।

    नेपालबाट सबैभन्दा धेरै विभिन्न फलफूलको मिश्रण भएको ‘मिक्स जुस’ निर्यात भएको देखिन्छ । समीक्षा अवधिमा मात्रै १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६ सय २४ लिटर मिक्स जुस निर्यात भएको छ ।

    यस प्रकारको जुस भारत सहित चीन र जापानमा समेत निर्यात भएको छ । जसमध्ये भारतमा मात्रै १ अर्ब ४२ करोड ८२ लाख ९१ हजार बराबरको १ करोड ५७ लाख ३३ हजार ३ सय ८६ लिटर जुस गएको छ ।

    यसैगरी जापानमा २३ लाख ४७ हजार रुपैयाँ बराबरको १३ हजार ३८ लिटर र चीनमा ९ लाख ३५ हजार रुपैयाँ मूल्यको १० हजार २ सय लिटर मिक्स जुस निर्यात भएको भन्सारको तथ्यांक छ ।

    मिक्स जुसपछि नेपालबाट धेरै निर्यात हुनेमा सुन्तला र भुइँकटहरको जुस छ । पहिलो त्रैमासमा ३५ करोड ८७ लाख ८ हजार रुपैयाँ बराबरको ३२ लाख ७२ हजार २ सय ७५ लिटर सुन्तलाको जुस निर्यात भएको छ भने २२ करोड १३ लाख २२ हजार बराबरको १८ लाख ४३ हजार ३ सय २६ लिटर भुइँकटहरको जुस बाहिरी मुलुक पठाइएको छ । यी दुवै प्रकारका (सुन्तला र भुइँकटहर) जुस शतप्रतिशत भारतमा मात्रै निर्यात भएका हुन् ।

    यसबाहेक नेपालले स्याउ, ग्रेपफ्रुट र गोलभेँडाको जुस पनि उल्लेख्य मात्रामा भारततर्फ नै निर्यात गरेको छ । तथ्यांक अनुसार सोही तीन महिना अवधिमा १६ करोड ८५ लाख २२ हजार रुपैयाँ मूल्यको १४ लाख ४८ हजार ९ सय ४ लिटर स्याउको जुस निर्यात भएको छ ।

    त्यसैगरी १ करोड ५२ लाख ७४ हजार बराबरको १ लाख ९२ हजार २ सय ५४ लिटर ग्रेपफ्रुट जुस र १ करोड २५ लाख ७८ हजार मूल्यको १ लाख ५६ हजार १ सय ९२ लिटर गोलभेँडाको जुस पनि भारतमै निर्यात भएको छ ।

    प्रकाशित मिति :कार्तिक १७ २०८३ मंगलवार - १४:५६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij