२०८३ बैशाख २४ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारका दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६.९४ अंकले बढेर २,७१८ को विन्दुमा कायम भएको छ ।
आज १५५ कम्पनीको शेयर मूल्य बढेको छ भने १०२ कम्पनकिो घटेको छ । आज दिनभरिमा ३३४ कम्पनीको ६६ करोड ८४ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९३ करोडको शेयर कारोबार भएको छ ।
व्यापार समूह सबैभन्दा धेरै १.५७ प्रतिशत बढेको छ भने अरु सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रहेको छ । बैंकिङ ०.३३, विकास बैंक ०.२९, होटल तथा पर्यटन ०.२०, जीवन बीमा ०.३०, माइक्रोफाइनान्स ०.३५, अन्य ०.८३ प्रतिशत बढेको छ ।
निर्जीवन बीमा ०.५६, उत्पादन तथा प्रशोधन ०.०८, लगानी ०.०७ र फाइनान्स ०.०८ प्रतिशत घटेको छ भने हाइड्रोपावर समूह स्थिर रहेको छ । स्वाबलम्बन लघुवित्तको मूल्य सबैभन्दा धेरै १२.१९ प्रतिशत बढेको छ । सिर्जनशील लघुवित्तको ४.२९, पियोर इनर्जीको ४.२४, त्रिशूली जलविद्युतको ३.८५ प्रतिशत बढेको छ ।
फरवार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १३.२४ प्रतिशत घटेको छ । त्यस्तै अपरलोहोरे खोला हाइड्रोपावरको ९.१२, मेन्छियाम हाइड्रोपावरको ४.४९, शिखर पावरको ३.८२ प्रतिशत मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको १४ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij