Logo

२०८३ बैशाख २४ गते बिहिवार

२०८३ बैशाख २४ गते बिहिवार

आईपीओ निष्काशन गर्दै नीभ कर्पोरेशन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

आईपीओ निष्काशन गर्दै नीभ कर्पोरेशन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल


  • 582
    Shares

    आईपीओ निष्काशन गर्दै नीभ कर्पोरेशन, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल

    काठमाडौं । नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २५ लाख कित्ता शेयर सार्वजनिक निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

    यस सम्बन्धमा २०८३ वैशाख २३ गते बुधबार ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौता पत्रमा नीभ कर्पोरेशनका अध्यक्ष यज्ञमुर्ति न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरे।

    कम्पनीले आतिथ्यता, कृषि र पर्यटनलाई समेट्ने एकीकृत अवधारणा ल्याएको छ। यसअन्तर्गत पूर्वको इलामदेखि सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रसम्म गरी देशभरका २० भन्दा बढी स्थानमा व्यवसाय विस्तार गर्ने लक्ष्य राखिएको छ। स्थानीय स्रोत-साधन र भौगोलिक विविधतालाई केन्द्रमा राख्दै कम्पनीले होटल, आधुनिक कृषि र दिगो विकासको क्षेत्रमा काम गरिरहेको छ।

     

     

    images
    प्रकाशित मिति :बैशाख २४ २०८३ बिहिवार - १४:०७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij