२०८३ बैशाख २३ गते बुधवार
काठमाडौं । अभिनेता विराज भट्टको निर्देशन रहने फिल्म ‘१२ गाउँ-२’ को छायाङ्कन सुरु भएको छ । बुधबारदेखि काठमाडौँबाट फिल्मको छायाङ्कन सुरु भएको छ ।
काठमाडौँपछि फिल्म सिन्धुपाल्चोक र चितवनमा छायाङ्कन हुने भएको छ । फिल्ममा विराज भट्टसँगै समिर भट्ट, अनुपविक्रम शाही, काफिया शाही, वर्षा इटानी, खुसी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, साहितसिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायतको अभिनय रहनेछ ।
सन्तोष सरकारको पटकथा संवाद रहेको फिल्ममा ईस्टनर सिल्वा र शङ्कर महर्जनले एक्सन रहनेछ । खयुग भुसाल, देवेन्द्र बराल र डीपी खनालको संगीत रहने फिल्ममा नृत्य सियोन श्रेष्ठको रहने भएको छ ।
उपत्यकामा काफिया फिल्म्स प्रालिले र उपत्यका बाहिर कुबेर फिल्म्सले वितरण गर्ने फिल्म एक्सन र मनोरञ्जनको भरपूर मिश्रण हुने बताइन्छ । उक्त फिल्म ‘१२ गाउँ ’को सिक्वेलको रुपमा बन्न लागेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij