Logo

२०८३ बैशाख २२ गते मंगलवार

२०८३ बैशाख २२ गते मंगलवार

‘महाराजधिराज’ मुहूर्त, ८० कलाकारले अभिनय गर्ने

‘महाराजधिराज’ मुहूर्त, ८० कलाकारले अभिनय गर्ने


  • 435
    Shares

    ‘महाराजधिराज’ मुहूर्त, ८० कलाकारले अभिनय गर्ने

    काठमाडौं । चलचित्र ‘महाराजधिराज’को शुभमुहूर्त भएको छ । मंगलबार बिहान बंगलामुखी मन्दिरमा शङ्ख धुन र पञ्चेबाजासहित चलचित्रको शुभ मुहूर्त गरिएको हो । मुहूर्तमा पुष्प खड्का, पूजा शर्मा, उषा रजक, आर्यन सिग्देललगायतका कलाकार सहभागी थिए ।

    परिच्छेद सेनको निर्देशन रहने फिल्मको छायाङ्कन २५ गते सुनसरीको श्रीलंका टापुबाट सुरु हुने भएको छ । सुनसरीका अलवा काठमाडौँ, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा पनि फिल्मको छायाङ्कन हुनेछ ।

    फिल्ममा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, गजित विष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि।सी, सुशील सिटौला, हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटालगायत ८० कलाकार रहने भएका छन् ।

     

     

    images
    प्रकाशित मिति :बैशाख २२ २०८३ मंगलवार - १४:४३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij