Logo

२०८३ बैशाख ८ गते मंगलवार

२०८३ बैशाख ८ गते मंगलवार

धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक जबरा निलम्बित

धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक जबरा निलम्बित


  • 960
    Shares

    धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक जबरा निलम्बित

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागर शमशेर जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको छ । आफ्नै कार्यालय प्रमुख र प्रहरी संगठनकै बदनाम गराउने उद्देश्यले गलत कार्य गरेको ठहर गर्दै मधेस प्रदेश प्रहरी कार्यालयले उनीमाथि कारबाही सुरु गरेको हो ।

    मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले  एक प्रेस विज्ञप्ति जारी गर्दै सई जबराले एक व्यवसायीलाई आफैंले फोन गरी बनावटी कथा रचेर अडियो तयार पारेको जनाएको छ । उक्त फेक अडियोलाई सार्वजनिक सञ्चार माध्यममार्फत प्रसारण गराएर प्रहरी संगठन र नेतृत्वको छवि धुमिल बनाउन खोजेको आरोप उनीमाथि छ ।

    प्रहरी आचरणविपरीतको यस्तो गम्भीर कार्य गरेको पाइएपछि उनलाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) बमोजिम निलम्बन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

    674809377_838360585322292_9075301983625002360_n_UFyraHjgLb.jpg

    images
    प्रकाशित मिति :बैशाख ८ २०८३ मंगलवार - १०:४७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij