२०८३ बैशाख ४ गते शुक्रवार
काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ५.३६ अंकले बढेर २,८३८ को विन्दुमा कायम भएको छ ।
आज १०८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड माथिको शेयर कारोबार भएको छ ।
होटल तथा पर्यटन १.३८, हाइड्रोपावर ०.६७, अन्य ०.५६, तथा व्यापार ०.०३ प्रतिशत बढेको छ । घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२७, विकास बैंक ०.३८, फाइनान्स ०.३४, लगानी ०.१६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३३ र निर्जीवन बीमा ०.५३ प्रतिशत घटेको छ ।
५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै कालिका पावरको ८.३३, रिलायन्स स्पिनिङ मिल्किो ६.४८ तथा सोलु हाइड्रोपावरको ४.५४ प्रतिशत मूल्य बढेको छ ।
एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.५४ प्रतिशत घटेको छ । सुपरखुदी हाइड्रोको ४.४०, तथा इमर्जिङ नेपालको सेयर मूल्य ३.५९ प्रतिशत घटेको छ । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर छन् ।
आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने सोलु हाइड्रोपावर कम्पनीको ३७ करोड २६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको ३४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij