Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

परालको आगो’ ट्रेलर: सुहाना र प्रकाशको कुटाकुट चल्दा, सौगात र सिर्जनाको मिलन

परालको आगो’ ट्रेलर: सुहाना र प्रकाशको कुटाकुट चल्दा, सौगात र सिर्जनाको मिलन


  • 897
    Shares

    • images
    परालको आगो’ ट्रेलर: सुहाना र प्रकाशको कुटाकुट चल्दा, सौगात र सिर्जनाको मिलन
    images

    काठमाडौं । आगामी वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘परालको आगो’ को ट्रेलर रिलिज भएको छ । बिहीवार लबिम मलस्थित क्यूएफएक्स सिनेमा हलमा आयोजित एक समारोहमा फिल्मका मुख्य कलाकारहरु उपस्थित भए ।

    फिल्मको सवा तीन मिनेट लामो ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य पात्र सुहाना थापा तथा प्रकाश सपूतबीचको घर–झगडा देखिन्छ । उनीहरुका छिमेकी सौगात मल्ल तथा सिर्जना अधिकारीको जोडी निकै सुहाएको देखिन्छ । श्रीमतीलाई कुटेपछि खोज्न हिँडेको कथाले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ ।

    मार्मिक ट्रेलरले फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको संकेत गरेको छ । लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यो फिल्ममा ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक संघर्षलाई फिल्मले उठान गर्ने अनुमान गरिएको छ ।

    आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथा प्रतीकात्मक रूपमा निर्माण भएको यस फिल्ममा सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ,सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मन्जिला बाँनिया लगायतले अभिनय गरेको छ ।  

    गुरुप्रसाद मैनालीको ‘नासो’ कथा सङ्ग्रहमा समावेश कथा ‘परालको आगो’ नाममा ४५ वर्षअघि प्रताप सुब्बाले पनि फिल्म निर्देशन गरेका थिए।

    images
    प्रकाशित मिति :बैशाख ३ २०८३ बिहिवार - १८:०१:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij