२०८२ चैत्र ३० गते सोमवार
काठमाडौं । सुशील पोखरेलको प्रस्तुतिमा निर्माण गरेको फिल्म ‘परालको आगो’ अमेरिका र क्यानडामा सोल्ट आउट भएको छ ।
निर्माण पक्षले फिल्मको फस्ट लुक्स सार्वजनिक गरेको दुई दिनमा नै बिक्री भएको हो । अमेरिका र क्यानडाका लागि चलचित्र इएनटीले किनेको हो। अमेरिका र क्यानडाका लागि फिल्मको प्रदर्शन अधिकारी बिक्री भएको निर्माता पोखरेलले बताए ।
‘हाम्रो फिल्मलाई अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री गरिसकेका छौँ,’निर्माता पोख्रेलले भने- ‘यो बाहेक अन्य देशमा पनि कुराकानी भइरहेको छ ।’
लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्मको छायांकन हुनु भन्दा अघिबाट नै चर्चामा रहेको थियो । बुधवार फिल्मको पोस्टर रिलिज भएपछि दर्शकमाझ एक किसिमको कौतुहलता जागेको देखिन्छ । विदेशमा रहेका नेपालीहरुले पनि फिल्मप्रति चासो राखेको फिल्मकर्मीहरुले बताउन थालेका छन् ।
यस फिल्ममा सुहाना थापा,सौगात मल्ल र प्रकाश सपुत मुख्य भुमिकालाई दर्शकले पनि एउटै पर्दामा हेर्न चाहेको पोस्टर रिलिजपछिको प्रतिक्रियाले जनाइसकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij