Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

‘परालको आगो’को टिजरको चर्चा,टिकटक र फेसबुकमै रिल्सका कट्यो करोड भ्युज

‘परालको आगो’को टिजरको चर्चा,टिकटक र फेसबुकमै रिल्सका कट्यो करोड भ्युज


  • 22
    Shares

    ‘परालको आगो’को टिजरको चर्चा,टिकटक र फेसबुकमै रिल्सका कट्यो करोड भ्युज

    काठमाडौं । यतिबेला सुशील पोखरेलको फिल्म ‘परालको आगो’को टिजरको चर्चा छ । सामाजिक सञ्जाल जताततै यस फिल्मको टिजरले करोड भ्युज समेत बटुल्न सफल भएको छ।

    ओएसआरको फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरेका छन्। जुन भ्युज बिरलै पाइन्छ। यतिका भ्युज सामाजिक सञ्जालबाट नै फिल्मको टिजरले बटुलेपछि निर्माता सुशील पोखरेल उत्साहित छन्। उनी दंग पर्दै भन्छन्, ‘ओएसआर डिजिटलको टिकटकमा ६० लाख तथा देउराली फ्यान क्लबको रिल्समा हाम्रो टिजरलाई ४० लाखभन्दा बढि पटक हेरिएको छ।

    दुइतर्फको भ्युज जोड्ने हो भने १ करोडभन्दा माथी पुगेको अवस्था छ। अरुको त हिसावै गरेको छैन ।’ उनले यतिधेरै भ्युज बटुलेको र टिकटकस्टारहरुले आफ्नो फिल्मको टिजरका संवादमा अभिनय गरेकोमा धन्यवाद दिएका छन्। उनी थप्छन्,’यो मायाका लागि हामी आभारी छौँ।’

    नेपाली समाज र यहाँ रहेका घटनालाई फिल्मको पर्दामा उतारिएको छ। अधिकांशले प्रकाश सपुत र सुहाना थापाको संवादमा टिकटक बनाएका छन्। जसका कारण पनि यो फिल्मको प्रचार तिब्र छ। ओएसआर युटुब च्यानलमार्फत रिलिज भएको टिजरमा दर्शकले सकरात्मक प्रतिक्रिया दिएका छन्।

    श्रीमानश्रीमतीबीचको मनमुटाव र झगडा र छरछिमेकीको भुमिका देख्न सकिन्छ। प्रकाश सपुत र सुहाना थापा श्रीमानश्रीमतीको भुमिकामा रहेका छन्। ग्रामीण परिवेश, परम्परागत टोकरी र पहाडी पृष्ठभूमिमा हुने गरेका नेपाली समाजको कथामा निर्माणधिन फिल्म सुहाना थापा,सौगात मल्ल,प्रकाश सपुत,सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ।

    हरि ॐ सिने मेकर्स प्रा.लि.को ब्यानरमा निर्माण भएको यस फिल्मको लगानी सुशील पोखरेलका अलवा सुलभी पोखरेल र सत्यम पोखरेल निर्माता रहेका छन्। लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस फिल्ममा सुशील देवकोटा पटकथा तथा संवाद रहेको छ। संकल्प भुजेलको छायांकन,नृत्य निर्देशन रामजी लामिछाने रहेको यस फिल्ममा सम्पादन मिलन श्रेष्ठले गरेका छन्। त्यसै फिल्मको रंग संयोजन कनाल कँवरको छ।

    images
    प्रकाशित मिति :फाल्गुण ३० २०८२ शनिवार - १६:५३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij