Logo

२०८२ चैत्र ३० गते सोमवार

२०८२ चैत्र ३० गते सोमवार

चलचित्र 'पहाड' को भव्य प्रिमियर: पुराना र नयाँ पुस्ताका कलाकारको जमघट

चलचित्र 'पहाड' को भव्य प्रिमियर: पुराना र नयाँ पुस्ताका कलाकारको जमघट


  • 120
    Shares

    चलचित्र 'पहाड' को भव्य प्रिमियर: पुराना र नयाँ पुस्ताका कलाकारको जमघट

    काठमाडौं । दिग्गज निर्देशक तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ प्रिमिएर भएको छ । आइतबार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रिमिएरमा वरिष्ठ अभिनेता नीर शाह, सरोज खनाल, शिव श्रेष्ठ, रेजिना उप्रेती, जितु नेपाल, दीपाश्री निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, रमेश उप्रेती, किरण केसी लगायत फिल्मकर्मी र रङ्ग पत्रकारको बाक्लै उपस्थिति थियो ।

    प्रिमिएरमा सहभागी अधिकांशले फिल्म मन परेको प्रतिक्रिया दिएका छन् । नयाँ वर्षको अवसर पारेर वैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

    भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मबाट निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीको रूपमा डेब्यु गरेकी छन् ।

    रञ्जित सिंह गजमेरको सङ्गीत रहेको फिल्मको उत्तम रसाइली प्रस्तुतकर्ता हुन् । फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । फिल्मको नेपाल वितरण वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्दैछ । 

     

     

    images
    प्रकाशित मिति :चैत्र ३० २०८२ सोमवार - ११:१८:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij