२०८२ चैत्र २३ गते सोमवार
काठमाडौं । पूर्व मिस नेपाल उषा खड्गीको पूर्वपतिसँगको विवाद प्रहरीसम्म पुगेको छ । विवाद बढेसँगै खड्गीले भक्तपुर प्रहरीको महिला सेलमा उजुरी दिएकी हुन् ।
उनले उजुरी दिएसँगै पूर्वपति जीपी तिमल्सिना र खड्गी दुबैलाई प्रहरीले बोलाएर सोमबार छलफल गराएको छ ।
भक्तपुरका एसपी सूर्य खड्काले खड्कीको उजुरीपछि दुबैलाई बोलाएर छलफल गराएको बताए । केही दिनअघि पूर्वमिस नेपाल खड्गीले तिमल्सिनासँगको पारिवारिक तथा सम्पत्ति विवादलाई सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेकी थिइन् ।
विवाद बढ्दै जाँदा उनी प्रहरीमै पुगेकी हुन् । १७ वर्ष लामो वैवाहिक जीवनमा निरन्तर शारीरिक र मानसिक यातना सहनुपरेको भन्दै उषाले २०७६ सालमा तिमल्सिनासँग सम्बन्धविच्छेद गरेकी थिइन्।
२०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो । अलग भएको ६ महिनापछि त्यतिबेला अंशवण्डाको टुंगो नलाग्दै सोहीवर्षको मंसिर १९ मा प्रेमिका सविना अधिकारीसँग जीपीले दोस्रो विवाह गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij