Logo

२०८२ चैत्र २३ गते सोमवार

२०८२ चैत्र २३ गते सोमवार

लागुऔषध मुद्दाका ८१ वर्षीय फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

लागुऔषध मुद्दाका ८१ वर्षीय फरार प्रतिवादी २३ वर्षपछि पक्राउ


  • 876
    Shares

    लागुऔषध मुद्दाका ८१ वर्षीय फरार प्रतिवादी २३ वर्षपछि पक्राउ

    काठमाडौं । लागुऔषध मुद्दामा फरार रहेका रोल्पाका एक प्रतिवादी २३ वर्षपछी पक्राउ परेका छन् ।

    थवाङ गाउँपालिका-४ का ८१ वर्षीय कुलबहादुर घर्तिमगरलाई २३ वर्षपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

    कुलबहादुरलाई लागुऔषध मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०५९ फागुन १८ गते ४ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

    उनलाई सजाय भुक्तानका लागि रोल्पा अदालतसमक्ष पेस गरी अदालतले कारागार चलान गरिसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिएका छन् ।

     

     

     

    प्रकाशित मिति :चैत्र २३ २०८२ सोमवार - १०:३९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij