Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोपान फर्मास्यूटिकल्स

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोपान फर्मास्यूटिकल्स


  • 1.1K
    Shares

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै सोपान फर्मास्यूटिकल्स
    images

    काठमाडौं । सोपान फर्मास्युटिकल्सले दोस्रो चरणमा आउँदो वैशाख २ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ।  बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। 

    कम्पनीले दोस्रो चरणमा सामूहिक लगानी कोषका लागि २ लाख १४ हजार ५०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ७१ हजार ६०० कित्ता छुट्याएर बाँकी रहेको १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

    लगानीकर्ताले यस आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। 

    उक्त आइपीओको निष्कासन बन्द छिटोमा वैशाख ६ गते र ढिलोमा वैशाख १६ गते बैंकिङ समयपछि हुने भएको छ।  

     

     

     

    प्रकाशित मिति :चैत्र १८ २०८२ बुधवार - १२:२७:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij