Logo

२०८३ बैशाख २१ गते सोमवार

२०८३ बैशाख २१ गते सोमवार

भुजुङ हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

भुजुङ हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?


  • 1.2K
    Shares

    भुजुङ हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

    काठमाडौं । भुजुङ हाइड्रोपावरको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ। भुजुङ हाइड्रोपावरको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सूचीकृत भएको हो।

    कुनै पनि कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। तर, भोलि शुक्रबार नहुने भएकोले यो कम्पनीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ।

    नेप्सेमा भुजुङ हाइड्रोपावरको १ करोड कित्ता साधारण शेयर सूचीकृत भएको छ। जसमा संस्थापको ८० लाख कित्ता (८० प्रतिशत) र सर्वसाधारणको २० लाख कित्ता (२० प्रतिशत) रहेको छ।

    नेप्सेले यो कम्पनीलाई ‘बीजेएचएल’ कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम ९०.०४ रुपैयाँ र अधिकतम २७०.१२ रुपैयाँ तोकेको छ। 

    अब आइतबार स्पेसल प्रिसेसनमा यदि यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

     

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १७:२८:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij