Logo

२०८३ बैशाख २० गते आइतवार

२०८३ बैशाख २० गते आइतवार

शीतल निवास पुग्यो चुनावको प्रतिवेदन, अब सुरु हुनेछ सत्ता समीकरणको खेल

शीतल निवास पुग्यो चुनावको प्रतिवेदन, अब सुरु हुनेछ सत्ता समीकरणको खेल


  • 1.5K
    Shares

    शीतल निवास पुग्यो चुनावको प्रतिवेदन, अब सुरु हुनेछ सत्ता समीकरणको खेल

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएपछि अब नयाँ सरकार निर्माण गर्ने र नवनिर्वाचित सांसदहरूलाई सङ्घीय संसद् सचिवालयले पद तथा गोपनीयताको शपथ खुवाउने बाटो खुलेको छ । 

    आयोगले बिहीबार दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पुगेर निर्वाचनसम्बन्धी प्रतिवेदन हस्तान्तरण गरेको हो । 

    राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएको आयोगले त्यो प्रतिवेदनको कपी नेपाल सरकार र सङ्घीय संसद् सचिवालयलाई पनि पठाएको छ । निर्वाचनको नतिजा राजपत्रमा शुक्रबार प्रकाशित गर्ने निश्चित भइसकेको आयोगले जनाएको छ । 

    शपथलगायतका काम गर्ने बाटो खुलेको छ । सङ्घीय संसद् सचिवालयले चैत १२ गते २ बजे नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय गरिसकेको जानकारी प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।

     

    images
    प्रकाशित मिति :चैत्र ५ २०८२ बिहिवार - १७:११:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij