Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा ६ अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा ६ अंकको वृद्धि, कारोबार रकम भने घट्यो


  • 1.3K
    Shares

    नेप्सेमा ६ अंकको वृद्धि, कारोबार रकम भने घट्यो
    images

    काठमाडौं । आज साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ६ .०३ अंकले बढेर २,६५४ को विन्दुमा कायम भएको छ । 

    आज १३७ कम्पनीको शेयर मूल्य बढेको छ भने ११८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस दिन निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ। यस होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको हो।

    सालपा विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन ५३ रुपैयाँ १० पैसा बढेर ५८४ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको छ।

    त्यस्तै, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने हिम स्टार उर्जा कम्पनीको शेयरमूल्य ६ प्रतिशत बढेको छ।

    आज सबैभन्दा धेरै अपि पावर कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने आँखुखोला जलविद्युतको २१ करोड १३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    14.JPG

    प्रकाशित मिति :फाल्गुण १४ २०८२ बिहिवार - १५:२६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij