Logo

२०८२ फाल्गुण ११ गते सोमवार

२०८२ फाल्गुण ११ गते सोमवार

पहिलोपटक सिलिगुडीमा गुन्जिँदै नेपथ्य

पहिलोपटक सिलिगुडीमा गुन्जिँदै नेपथ्य


  • 456
    Shares

    पहिलोपटक सिलिगुडीमा गुन्जिँदै नेपथ्य

    काठमाडौं । पूर्वोत्तर भारतको प्रवेशद्वार अनि पश्चिम बङ्गाल र सिक्किमका पहाडी बस्तीहरूको बिसौनी सिलिगुडीमा नेपथ्य ब्यान्ड पहिलोपटक प्रस्तुत हुन लागेको छ । नेपथ्यले आगामी शनिबार (फेब्रुअरी २८) त्यहाँ नेपाली लोकरक सुनाउने भएको छ ।

    ब्यान्डका निम्ति सिलिगुडीको कन्सर्ट यो वर्ष नेपाली सिमाना बाहिरको पहिलो प्रस्तुति पनि हुँदैछ । गत साता मुलुकका चार सहरमा शृङ्खलाबद्ध यात्रा गरेर फर्केको ब्यान्ड सिलिगुडी कन्सर्टको अन्तिम तयारीमा जुटिसकेको छ ।

    नेपथ्यले यसअघि सिलिगडी आसपासका सिक्किम र सिलोङमा आफूलाई उभ्याइसकेको छ । यस महानगरको उत्तरतर्फका पहाडी बस्तीमा नेपालीभाषी समुदायको ठुलो उपस्थिति छ । 

    नेपालकै पनि इलाम र झापाजस्ता सीमावर्ती जिल्लाहरूमा नेपथ्यको कन्सर्ट हुँदा भारतका दार्जिलिङ, कालिम्पोङ, मिरिक, सिक्किम, डुवर्स, जयगाउँ लगायतका भेगबाट उल्लेख्य सङ्ख्यामा दर्शक जुट्ने गरेका छन् । यसपाला भने सिलिगडीको कन्सर्ट हेर्न ती भारतीय सहरबाट मात्र होइन, झापा र इलामदेखि समेत दर्शक उतातर्फ जाने अपेक्षा स्थानीय आयोजकले गरेका छन् ।कायस्थका अनुसार कन्सर्टका लागि एक साता अवधि बाँकी रहँदै तीन हजार टिकट विक्री भइसकेको छ ।

    नेपथ्यले गत वर्ष लन्डनस्थित ‘वेम्बली एरिना’ मा १० हजार दर्शकमाझ आफूलाई प्रस्तुत गरेको थियो भने त्यसलगत्तै युरोपका विभिन्न सहरको सफल यात्रा गरेको थियो ।

    अघिल्ला यात्रामा जस्तै सिलिगुडीमा पनि नेपालबाट ब्यान्डका सदस्यसहित प्राविधिक एवं व्यवस्थापन गरेर ठुलो समूह भारततर्फ प्रस्थान गर्दैछ ।

    मञ्चमा भने अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

    प्रकाशित मिति :फाल्गुण १० २०८२ आइतवार - १३:१९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij