Logo

२०८२ फाल्गुण २८ गते बिहिवार

२०८२ फाल्गुण २८ गते बिहिवार

गोली हानी पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

गोली हानी पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या


  • 848
    Shares

    गोली हानी पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या

    काठमाडौँ । सर्लाहीको मंगलवामा गोली हानी हत्या गरिएको छ । आइतबार करिब आठ बजेतिर अज्ञात समूहले प्रहार गरेको गोली लागेर भौतिक पूर्वाधार विकास कार्यालय सर्लाहीका इन्जिनियर प्रमोदकुमार यादवको हत्या भएको हो ।

    सिरहाको सुखिपुर गाउँपालिका–३ बैशाखा स्थायी घर भएका उनी एक वर्षदेखि मलंगवामा डेरामा बस्दै आएको प्रहरीले जनाएको छ ।

    परिवारका अनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घरबाहिर बोलाएका थिए ।

    बाहिर निस्कनेबित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । एक गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मंगलवा पुर्याइएको थियो । चिकित्सकले उपचारकै क्रममा मृत घोषणा गरेका हुन् ।

    प्रहरीले घटनाबारे अनसन्धान जारी रहेको जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०८२ सोमवार - ०६:५५:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij