Logo

२०८२ फाल्गुण १ गते शुक्रवार

२०८२ फाल्गुण १ गते शुक्रवार

चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से

चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से


  • 757
    Shares

    चार दिनको गिरावटपछि सामान्य अंक बढ्यो नेप्से

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार बढेर बन्द भएको छ । आज परिसूचक ८.९७ अंकले बढेर २,६७१ को विन्दुमा कायम भएको छ । 

    आज १३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३७ कम्पनीको २ करोड ७७ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ११ अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १.१८ प्रतिशत बढेको छ। 

    त्यसैगरी, यस दिन जलविद्युत उपसमूहको परिसूचक करिब १ प्रतिशत बढेको छ भने अरु उपसमूहहरुको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १।६५ प्रतिशत घटेको छ। यस दिन लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको छ।

    आज सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको ७० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको ४३ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    gh.JPG

    प्रकाशित मिति :माघ २९ २०८२ बिहिवार - १५:२३:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij