२०८२ माघ २८ गते बुधवार
काठमाडौं । भुजुङ हाइड्रोपावरको आइपीओ बाँडफाँट गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।
कम्पनीले माघ १२ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि कुल ८ लाख ३० हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो।क्यापिटलका अनुसार यो आइपीओमा २५ लाख ७९ हजार ९२० आवेदकबाट कुल २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता शेयर माग भएको थियो।
जसमा २५ लाख ३९ हजार ८९२ आवेदकबाट परेको २ करोड ७९ लाख ६७ हजार ८५० कित्ता शेयर सदर भएको छ भने ४० हजार २८ आवेदकबाट परेको ४ लाख ७३ हजार ८३० कित्ता बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ८३ हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्। यो हिसाबले २४ लाख ५६ हजार ८९२ आवेदकको हात खाली भएको छ।
यो आइपीओ नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। नतिजा धितोपत्र बिक्री प्रबन्धक र धितोपत्र निष्कासन गर्ने कम्पनीका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np बाट हेर्न सकिन्छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij