Logo

२०८२ माघ २८ गते बुधवार

२०८२ माघ २८ गते बुधवार

शेयर बजारमा २६ अंकको गिरावट, १० अर्ब ७७ कराेडकाे काराेबार

शेयर बजारमा २६ अंकको गिरावट, १० अर्ब ७७ कराेडकाे काराेबार


  • 694
    Shares

    शेयर बजारमा २६ अंकको गिरावट, १० अर्ब ७७ कराेडकाे काराेबार

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २६.०५ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । 

    आज ४२ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २१२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड ६७ लाख ६६ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७७ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ । हिजो ११ अर्ब माथिको शेयर कारोबार भएको थियो ।

    १३ उपसमूहमध्ये यस दिन १ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.२९ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको ७७ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको ५४ करोड माथिको शेयर कारोबार भएको छ । 

    यस दिन खानी खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन रिडी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने लिबर्टी इनर्जीको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ। 

    fg.JPG

    प्रकाशित मिति :माघ २६ २०८२ सोमवार - १५:२१:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij