२०८२ माघ २३ गते शुक्रवार
काठमाडौं । हास्यकलाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) अमेरिकामा सम्मानित भएका छन् ।
ओमाहा सहरस्थित ग्रेट इभेन्ट्स सेन्टरद्वारा कार्यक्रममा आयोजित धुर्मुस–सुन्तलीलाई सम्मानित गरिएको हो । कार्यक्रममा ग्रेट इभेन्ट सेन्टर ओमाहा नेव्रास्काका कार्यकारी प्रमुख डा. कुमार गुरुङ तथा खड्क गजमेरले सम्मान प्रदान गरेका थिए ।
ओमाहा नेब्रास्कामा रहेका विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, सामाजिक अभियन्ता, व्यवसायी, बुद्धिजीवी लगायतको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम ३ फेबुअरीमा सम्पन्न भएको थियो ।
वि.सं २०७२ सालको विनाशकारी भूकम्पपछि उनीहरूले धुर्मुस–सुन्तली फाउन्डेसन स्थापना गरी समाजसेवामा हात बढाएका सीताराम कुन्जनाले यस फाउन्डेसनमार्फत उनीहरूले देशका विभिन्न ठूला सामाजिक परियोजना सम्पन्न गरेका छन् ।
फाउन्डेसनले ३ सय ८० घर निर्माण गरेको छ । सामाजिक तथा मानवीय योगदानको अलावा कलाकारिता क्षेत्रबाट पुर्याएको योगदानको मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजक संंस्थाका कार्यकारी प्रमुख डा. कुमार गुरुङले बताए ।
सम्मान व्यक्तिको लागि मात्र नभई कलाकारिता तथा समाजसेवाको क्षेत्रमा पुर्याएको योगदानको लागि दिइएको बताउँदै सीताराम कट्टेलले विदेशी भूमिमा बसेर पनि नेपाल र नेपाली कला संस्कृतिप्रति प्रतिको माया यसरी झल्किनु गर्वको विषय भएको बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij