Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

शेयर बजारमा ४२ अंकको गिरावट, १४ अर्बभन्दा बढीको शेयर कारोबार

शेयर बजारमा ४२ अंकको गिरावट, १४ अर्बभन्दा बढीको शेयर कारोबार


  • 981
    Shares

    शेयर बजारमा ४२ अंकको गिरावट, १४ अर्बभन्दा बढीको शेयर कारोबार

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार भारी अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४२.५८ अंकले घटेर २,७२६ को विन्दुमा कायम भएको छ । 

    आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२४ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १६ करोड माथिको शेयर कारोबार भएको छ ।

    १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ । यस दिन वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४४ प्रतिशत घटेको छ। त्यस्तै, बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

    आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको ५७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एसवाई प्यानलको ५७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    13.JPG
    undefined

    images
    प्रकाशित मिति :माघ १३ २०८२ मंगलवार - १५:२६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij