२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य अङ्कले बढेर बन्द भएको छ । आज नेप्से परीसूचक ४.९० अङ्कले वृद्धि भई २६३९.९१ विन्दुमा कायम भएको छ ।
आज ३४९ वटा कम्पनीका कुल ६ अर्ब ९९ करोड ४ लाख ८४ हजार ३९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा १ करोड ३६ लाख २४ कित्ता सेयर ७७ पटक किनबेच भएका छन् ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन व्यापार उपसमूहको परिसूचक ०.९८ प्रतिशत बढेको छ भने अन्य उपसमूहको परिसूचक ०.७८ प्रतिशत बढेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य घटेको छ।
आज कारोबार भएका कम्पनीहरूमध्ये ११८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३४ वटा कम्पनीको मूल्य घटेको छ। ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको देखिन्छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij