२०८२ माघ १२ गते सोमवार
काठमाडौं । सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको छ। कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको हो। बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई साधारण शेयर जारी गरेपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको छ।
उक्त आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ। सर्वसाधारणका लागि जारी आइपीओको निष्कासन माघ ४ गते बन्द हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij