Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सर्वसाधारणका लागि आइपीओ ल्याउँदै सोलु हाइड्रोपावर

सर्वसाधारणका लागि आइपीओ ल्याउँदै सोलु हाइड्रोपावर


  • 1.2K
    Shares

    सर्वसाधारणका लागि आइपीओ ल्याउँदै सोलु हाइड्रोपावर

    काठमाडौं । सोलु हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको छ। कम्पनीले पुस २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री गर्ने भएको हो। बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

    कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीयलाई साधारण शेयर जारी गरेपछि कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्याएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको छ।

    उक्त आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सकिनेछ। सर्वसाधारणका लागि जारी आइपीओको निष्कासन माघ ४ गते बन्द हुनेछ। 

     

     

    images
    प्रकाशित मिति :पौष २० २०८२ आइतवार - ११:०३:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij