२०८२ पौष १७ गते बिहिवार
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो झुल्के घामसँगै नेपाली सांगीतिक क्षेत्रमा एक मीठो एवं प्रेमिल गीत सार्वजनिक भएको छ ।
गायिका तथा संगीतकार बबिना भट्टराईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत ‘तिमीलाई देखे पछि’ मा गायिका बबिना भट्टराई र गायक प्रताप दासको युगल स्वर रहेको छ । गीतको भिडियोमा गायिका बबिना भट्टराई र गायक प्रताप दास स्वयं फिचर्ड छन् जसले गीतको भावलाई अझ जीवन्त बनाएको छ ।
गीतको अन्तिममा गीतकार बलदेव थापालाई झुलुक्क देख्न पाइन्छ । गीतको भिडियोले प्रेमको सुन्दरता, एक अर्काको साथको महत्व र भावनात्मक गहिराइलाई सरल एवं प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।
गीतको एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन्, गीतमा गितारको मीठो धुन सञ्जिव बराइलीले भरेका छन् । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गीतको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ ।
ऐ.जे. अजुले निर्देशन र पोष्टर डिजाइन गरेका गीतको भिडियोको सम्पादन तथा कलर मिन बहादुर रावलले गरेका छन भने श्रृङ्गार प्रिया नगरकोटीले गरेकी छिन् ।
प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ ले प्रेमी, प्रेमिका बीचको अटुट बन्धन, एकअर्काप्रतिको पूर्ण समर्पण र साथले जीवनका सबै कठिनाइ जित्ने सन्देश बोकेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij