२०८२ पौष ९ गते बुधवार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ बिक्री खुला गर्ने भएको छ ।लघुवित्तले पुस २१ गतेदेखि संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्काशन गर्न लागेको हो। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जपश्चात ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पूँजी पुगेको यस लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ रहेको थियो।
लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयरहरु थप सार्वजनिक निष्काशन गर्न लागेको छ।
सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। उक्त एफपीओमा छिटोमा पुस २४ गतेसम्म आवेदन दिन सकिन्छ भने ढिलोमा माघ ५ गतेसम्म आवेदन दिन सकिन्छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij