Logo

२०८२ पौष ८ गते मंगलवार

२०८२ पौष ८ गते मंगलवार

चिसो मौसममा लोकप्रिय बन्दै आएको सुपर–फुड कोदोको ढिँडो खानु स्वास्थ्यका लागि यस्तो छ फाइदा

चिसो मौसममा लोकप्रिय बन्दै आएको सुपर–फुड कोदोको ढिँडो खानु स्वास्थ्यका लागि यस्तो छ फाइदा


  • 512
    Shares

    चिसो मौसममा लोकप्रिय बन्दै आएको सुपर–फुड कोदोको ढिँडो खानु स्वास्थ्यका लागि यस्तो छ  फाइदा
    images

    काठमाडौं । कोदोको रोटी तथा ढिँडो नखाने नेपाली कम नै होलान् । चिसो मौसममा तातो र मिठो परिकार खाने चलन धेरैको हुन्छ । तातो र मिठो खानाको विषयमा चर्चा हुँदा जाडोयाममा कोदोको ढिँडो पहिलो रोजाइ हुन थालेको छ ।

    पहिला पहिला–गाउँघरमा चामल उत्पादन कम हुने भएकाले कोदोको ढिँडो बढी खाने गरिन्थ्यो । त्यसैले पनि चामलको भातलाई कुनै विशेष चाडपर्वमा खानुपर्छ भन्ने मान्यता पनि रहेको थियो ।

    तर, अहिले समय निकै परिवर्तन भएको छ । गाउ शहरमा चामल भन्दा ढिँडो लोकप्रिय बन्न थालेको छ । परिवारका सबै सदस्य भेट हुँदा घरमा मिठो परिकार बनाउने भनेर चिसोमा ढिडो खाने चलन समेत आएको छ ।

    शहरी क्षेत्रका ठूला ठूला होटलमा विशेष परिकारको रुपमा ढिडो पाक्न थालेको छ । चिसो मौसम शुरु भएसँगै मानिसहरु कोदोको ढिडोतर्फ लोभिने गरेका छन् ।

    चिसो मौसममा रमाइलो मान्दै ढिडो खादा पारिवारिक खुसी मात्र होइन, स्वास्थ्यका लागि पनि निकै लाभदायीक मानिन्छ । कोदोको ढिडो मात्र होइन रोटी र अन्य विभिन्न परिकार समेत बनाएर खाइन्छ । 

    कोदो स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । कोदोका परिकार पचाउन सहज हुन्छ । कोटोमा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायतका पोषक तत्त्व पाइन्छ । कोदोका परिकार शक्ति र ऊर्जाका लागि राम्रो श्रोत हो ।

    तौल घटाउन कोदो खानु राम्रो मानिन्छ । कोदो खाएको धेरै समयसम्म भोक लाग्दैन । जसले गर्दा तौल नियन्त्रणमा सघाउ पुग्छ ।

    मुटुका रोगीहरूका लागि कोदोको रोटी खानु धेरै लाभदायक हुन्छ । यसमा प्रशस्त मात्रामा नियासिन हुन्छ, जसले शरीरमा कोलेस्ट्रोलको स्तर घटाएर मुटु रोगको जोखिम पनि कम गर्छ ।

    यसबाहेक यसमा भएको पोटेसियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रण राख्न सघाउँछ । कोदामा प्रशस्त मात्रामा भएको क्याल्सियमले हाड बलियो बनाउन सहयोग पुर्‍याउँछ । कोदोमा हुने आइरनले रक्त अल्पता हुन दिदैन ।

    यस्तै कब्जियत र ग्यासको समस्या भएकाहरूले नियमित रुपमा कोदोको रोटी वा ढिडो खाने गरे आराम पाइन्छ । मधुमेहको खतराबाट बच्न कोदोको परिकार लाभदायीक छ ।

    प्रकाशित मिति :पौष ८ २०८२ मंगलवार - १३:४६:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij