२०८२ पौष ४ गते शुक्रवार
के तपाइको घरमा साङ्ला सताएर हैरान हुनुहुन्छ । अब चिन्ता नालिनिहोस् यी घरेलु उपाया अपनाएर पाउनुहोस् छुट्करा
सामान्यतया घरमा ओसको मात्रा बढी हुँदा साङ्लाहरुलाई रहन वा बच्न सहज हुन्छ । साङ्लाहरुको आवास भनेकै भान्साको आसपास खाने कुरा भएको ठाउमा नै हुने गर्दछ ।
बजारमा साङ्ला भगाउन भनौ या मार्नका लागि बजारमा अनेक रसायनिक औषधि पाइन्छन् । तर, यी औषधीहरु स्वास्थ्यका लागि हानिकारक हुन्छन् । त्यसैले घरेलु उपाय नै अपनाउनु बुद्धिमता हुन्छ ।
साबुनको झोल
साङ्ला मार्ने सबैभन्दा उत्तम उपाय साबुनको झोल हो । साबुन या स्याम्पुको झोलले सबैभन्दा छिटो र सजिलो किसिमले साङ्ला मगर्दछन् ।साङ्लाको शरीरमा साबुनको झोल परेपछि यसले बाहिरबाट हावा लिन पाउृँदैन । श्वास फेर्न छालाको सहाराले हावा लिने भएकोले शरीरमा साबुनको झोलले बन्ने परतका कारण साङ्ला सास लिन नसकी छटपटिएर मर्छ ।
तेजपत्ताको प्रयोग
तेजपत्ताको गन्धसँग साङ्ला भाग्ने गर्छ । त्यसैले केही पत्ता कक्रोच धेरै बस्ने कुनामा राखिदिनुहोस् । यसको गन्धले कक्रोच आफैँ भाग्ने गर्छ । तर, एउटै पत्ताले लामो समय काम नगर्ने भएकाले केही हप्ताको अन्तरमा त्यसलाई बदल्नुपर्छ ।
सोडा र चिनी
सोडा र चिनी कचौरामा बराबर मात्रामा सोडाको धुलो र चिनी मिसाएर कक्रोच धेरै बस्ने ठाउँमा राख्नुहोस् । चिनीको गुलियोले साङ्लालाई आकर्षित गर्छ, त्यसलाई खाएपछि सोडाले मार्ने काम गर्छ । समय–समयमा यसलाई पनि परिवर्तन गरिराख्नुपर्छ ।
ल्वाङ
ल्वाङको गन्ध ल्वाङ पनि साङ्ला भगाउने उत्तम उपाय हो । साङ्ला धेरै लाग्ने ठाउँमा ल्वाङका केही टुक्रा अथवा धुलो राखिदिनुहोस् । यस उपायबाट साङ्ला भाग्न सक्छ ।
मट्टीतेल
मट्टीतेलको प्रयोग मट्टीतेलको प्रयोगले पनि साङ्ला भगाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा निकै सजगता अपनाउनु जरुरी छ ।
ओसमुक्त राख्नुहोस् ओसिलो स्थान साङ्लाका लागि निकै अनुकूल मानिन्छ । त्यसैले तपाईंले आफ्नो कोठालाई ओसमुक्त राख्नुभयो भने पनि साङ्लाबाट केही हदसम्म मुक्ति मिल्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij