Logo

२०८२ मंसिर २१ गते आइतवार

२०८२ मंसिर २१ गते आइतवार

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता

मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता


  • 757
    Shares

    मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता
    images

    काठमाडौं । मधेसका मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गरेका छन् । आईतवार नै पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएका मुख्यमन्त्री यादवले मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। 

    पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने जानकारी दिएका छन् । उनले पहिलो दिनदेखि नै काम गर्ने उद्देश्यका साथ सरकारमा आएको बताउनु हुँदै सत्ता घटकका सबै दलबाट प्रतिनिधित्व हुनेगरी चाँडै नै मन्त्रीमण्डल विस्तार गर्ने बताएका छन् ।  मुख्यमन्त्री यादवले प्रतिपक्षी दलहरुबाट समेत रचनात्मक सहयोग प्राप्त गर्ने अपेक्षा गरेका छन् । 

    उनले सुशासन कायम गर्ने र प्रदेशबाट गर्नसक्ने कार्यहरु छिटो, छरितो गर्ने काममा आफू लाग्ने बताएका छन् । मधेस प्रदेशमा अब स्थायित्व कायम हुने बताएका छन्। 

    प्रकाशित मिति :मंसिर २१ २०८२ आइतवार - १४:३८:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij