२०८२ मंसिर १६ गते मंगलवार
काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.५३ अंकले घटेर २,६४४ को विन्दुमा कायम भएको छ ।
आज १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ८ लाख १० हजार १०६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँ कारोबार भएको छ ।
बैंकिङ ०.५८, होटल तथा पर्यटन ०.६२, लगानी ०.०४, जीवन बीमा ०.५७ र माइक्रोफाइनान्स ०.०६ प्रतिशत घटेको छ । विकास बैंक ०.१७, फाइनान्स ०.२७, जलविद्युत् ०.७०, उत्पादन तथा प्रशोधन ०.५१, निर्जीवन बीमा ०.२६ प्रतिशत बढेको छ । अन्य भने समूह स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावर कम्पनीको ३१ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको १६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij