२०८२ कार्तिक १७ गते सोमवार
काठमाडौं । आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ८.२४ अंकले घटेर २,६२२ को विन्दुमा कायम भएको छ ।
आज ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने १७२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३३ कम्पनीको १ करोड २१ लाख ८५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५ करोड माथिको शेयर कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ०.९३ प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक यस दिन १.०५ प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ३७ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने एनआरएनको ३३ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij