२०८२ कार्तिक १७ गते सोमवार
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सातै प्रदेशका मुख्यमन्त्रीहरूबिचको बैठक सुरु भएको छ । बैठक आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
प्रधानमन्त्रीको सचिवालयले केहीबेरबाट छलफल सुरु भएको जनाएको छ । बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बागती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थिति रहेको छ ।
परिवर्तित अवस्थामा सङ्घ र प्रदेश सरकारबिच संवाद गर्न र सहकार्य थप सघन बनाउनका लागि बैठक आह्वान गरिएको थियो ।



© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij