२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहिबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३४.२२ अंकले बढेर २,६०० को विन्दुमा कायम भएको छ ।
आज २१६ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१९ कम्पनीको २ करोड ६० लाख १० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ५१ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन बैंकको १ अर्ब ६६ करोड माथिको संस्थापक शेयर कारोबार भएको छ भने राधि विद्युत कम्पनीको ३७ करोड ६० लाखको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १० लाखको शेयर कारोबार भएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij