Logo

२०८२ कार्तिक १३ गते बिहिवार

२०८२ कार्तिक १३ गते बिहिवार

घटेको शेयर बजारमा बढ्यो कारोबार

घटेको शेयर बजारमा बढ्यो कारोबार


  • 533
    Shares

    घटेको  शेयर बजारमा बढ्यो कारोबार
    images

    काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधबार शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५.१७ अंकले घटेर २,५६६ को विन्दुमा कायम भएको छ । 

    आज ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५९ कम्पनीको शेयर मूल्य घटेको छ ।आज दिनभरिमा ३२१ कम्पनीको १ करोड ४५ लाख १ हजार २८४ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड माथिको शेयर कारोबार भएको छ ।

     आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २२ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    अन्य समूह १.२० प्रतिशत घट्यो । त्यस्तै बैंकिङ ०.३४, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८ तथा निर्जीवन बीमा ०.१९ प्रतिशत घटे ।

     

     

    प्रकाशित मिति :कार्तिक १२ २०८२ बुधवार - १५:३२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij