२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । चलचित्र ‘मुगलान’ आगामी पुस १० गते देखि प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सोमबार फिल्मको फष्टलुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।
फष्टलुक्समा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेसभुसामा देखाइएको छ । प्रभात बाँसुरी बजाउन लागेको जस्तो देखिन्छन् भने स्मारिका लजालुपनमा छिन् ।
रेहान प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा प्रभात पाल, स्मारिका ढकाल, श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख।ब।पु।, राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सविन बास्तोला लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई आशिष ढकालले लेखन र निर्देशन गरेका हुन् भने गोमनसिंह यसको निर्माता हुन् ।
फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् भने जय विष्ट र राम गुरुको द्वन्द्व निर्देशन रहेको यो फिल्ममा बिजिएम रिदम कँडेलको रहेको छ । किरण भुसालको संगीत रहेको फिल्मले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र सङ्घर्षको कथा उजागर गर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij