Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

नेप्सेमा २२.५९ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब २७ करोड

नेप्सेमा २२.५९ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब २७ करोड


  • 638
    Shares

    नेप्सेमा २२.५९ अंकको वृद्धि, कारोबार रकम ५ अर्ब २७ करोड
    images

    काठमाडौं । आज साताको अन्तिम कारोबारको बुधबार शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर कारोबार खुलेको ३ मिनेटमै सकारात्मक सर्किट ब्रेक लागेको थियो भने त्यसपछि २० मिनेटपछि खुलेकोे बजार हरियाली भएर बन्द भएको हो ।

    आज शेयर बजार नेप्से परिसूचक २२.५९ अंकले बढेर २,५८२ को विन्दुमा कायम भएको छ । २०० कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१३ वटा कम्पनीको १ करोड १८ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड माथिको शेयर कारोबार भएको छ ।

    व्यापार बाहेक सबै समूहका सूचक बढेको छ । व्यापार १.४८ प्रतिशत घट्यो । बैंकिङ १.०७, विकास बैंक १.०८, फाइनान्स १.२३, होटल तथा पर्यटन ०.९२, हाइड्रोपावर ०.९५, लगानी १.६१, जीवन बीमा १.३०, उत्पादन तथा प्रशोधन १.०३, माइक्रोफाइनान्स ०.९५, निर्जीवन बीमा ०.९३ र अन्य ०.२३ प्रतिशत बढेको छ ।

    23.JPG

     


     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १५:३७:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij