Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

बारा र पर्सामा हैजाविरुद्ध खोप दिइँदै

बारा र पर्सामा हैजाविरुद्ध खोप दिइँदै


  • 449
    Shares

    बारा र पर्सामा हैजाविरुद्ध खोप दिइँदै
    images

    काठमाडौं । सरकारले बारा र पर्सामा हैजाविरुद्ध खोप अभियान चलाउने भएको छ । सरकारले परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगका साथ यो अभियान यही असोज महिनादेखि कात्तिक महिनाभित्र सञ्चालन गर्न लागिएको हो ।

    पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहहरुमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरुलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

    गत भदौ ६ गते पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली टोलबाट देखिन सुरु गरेको हैजा रोग हालसम्म पर्सा र बारा जिल्ला गरी १ हजार ६८५ बिरामी फेला परेका छन् ।

    त्यसैले सरकारले हैजाविरुद्ध खोप अभियान चलाउने निर्णय गरेको हो । यो मुखबाट दिइने खोप हो । यसको एक मात्रा मात्रै दिइने छ । यसभन्दा अगाडि पनि काठमाडौं उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।

     

    प्रकाशित मिति :आश्विन २३ २०८२ बिहिवार - १२:२५:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij