Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

सरकारको चेतावनीः मापदण्ड विपरितका होटल/रेष्टुरेण्टमाथि कडा कारबाही हुन्छ

सरकारको चेतावनीः मापदण्ड विपरितका होटल/रेष्टुरेण्टमाथि कडा कारबाही हुन्छ


  • 771
    Shares

    सरकारको चेतावनीः मापदण्ड विपरितका होटल/रेष्टुरेण्टमाथि कडा कारबाही हुन्छ
    images

    काठमाडौं । सरकारले मापदण्ड विपरित सञ्चालनमा आएका होटल तथा रेष्टुरेण्टहरुमाथि कारबाही गर्ने भएको छ ।

    शुक्रवार काठमाडौंको अनामनगरस्थित होटल तथा रेष्टुरेण्टमा अनुगमनका लागि पुगेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षण अधिकारीहरुले मापदण्ड विपरित चलेका होटल तथा रेष्टुरेण्टहरुले आफूलाई १, २ दिनभित्र सुधार नगरे कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।

    उनीहरुले अनुगमनको क्रममा मापदण्ड विपरित खाद्य भण्डार गरेको, सरसफाईमा कमी रहेको औँल्याउँदै तत्काल सुधार गरेर २ दिनभित्र विभागमा उपस्थित हुन पनि होटल तथा रेष्टुरेञ्ट सञ्चालकहरुलाई निर्देशन दिएका थिए ।

    मापदण्ड विपरित चल्ने कुनैपनि होटल तथा रेष्टुरेण्टहरुलाई कडा कारबाही गर्ने गरी अनुगमनको कामलाई अघि बढाइएको विभागका खाद्य निरीक्षण अधिकारी सरोज पौडेलले बताएका छन् ।  उनले अनुगमनको क्रममा किचनमा सफाईको कमी देखिएको, खाद्य भण्डारणमा पनि समस्या देखिएको पाइएको उल्लेख गरेका छन् । 

    सरकारले दशैँ, तिहार जस्ता चाडपर्वलाई ध्यानमा राखेर हरेक वर्ष अनुगमनको कामलाई तिब्रता दिने गरेको छ । 

    प्रकाशित मिति :आश्विन १० २०८२ शुक्रवार - १६:०४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij