Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

राष्ट्रपतिले संसद् तत्काल विघटनको मागमा लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान

राष्ट्रपतिले संसद् तत्काल विघटनको मागमा लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान


  • 2.0K
    Shares

    राष्ट्रपतिले  संसद् तत्काल विघटनको मागमा लिएका थिए ‘सहिद’ हुन तयार रहेको अडान
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठन गर्दा केही संवैधानिक व्यवस्थामा तलमाथि गर्ने बाध्यता आइलागे पनि अब अक्षरशः पालना हुनेमा आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि भनेको बताएका छन् ।

    १४ जना नागरिक अगुवाहरूसँग शीतल निवासमा कुरा गर्दै राष्ट्रपतिले अब दलहरु र आन्दोलनकारीको सहमतिमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा राष्ट्रपतिले संसद विघटन पहिले पनि प्रधानमन्त्री नियुक्ति पहिले भन्नेमा निकै गलफती परेको स्वीकार गरेका थिए ।

    आफूले ‘म शहीद हुन तयार छु तर प्रधानमन्त्री नियुक्तिभन्दा पहिले प्रतिनिधि सभा विघटन गर्दिन’ भन्ने अडान लिएको समेत राष्ट्रपतिले सुनाए ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संसद विघटन पहिलो शर्त राखेपछि उनीबाट प्रस्तावित प्रधानमन्त्री कार्कीले पनि पहिले संसद विघटन भएपछि मात्र प्रधानमन्त्री नियुक्त हुने अडान लिएकी थिइन् । तर राष्ट्रपतिले शहीद हुन तयार रहेको अडान लिएपछि पहिले प्रधानमन्त्रीको नियुक्ति र त्यस लगत्तै उनको सिफारिसमा विघटन गरिएको थियो ।

    राष्ट्रपति पौडेलले तत्कालीन परिस्थितिको बाध्यताले संविधानमा तलमाथि गर्नुपरे पनि अब प्रधानमन्त्रीको नेतृत्वको सरकारले संविधानको अक्षरशः पालना गर्ने विश्वास व्यक्त गरेका थिए । त्यस्तै नागरिक अगुवाहरूले सरकारले निर्वाचन समयमा नगर्ने खालका गतिविधि गर्न सक्ने भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् ।

    उनीहरूले प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभाको जिम्मेवारीपूर्ण परिचालनमा समेत जोड दिएका छन् । संक्रमणकाल र परिस्थितिको बाध्यताका नाममा संवैधानिक संरचनाहरूमाथि असंवैधानिक हस्तक्षेप हुन नदिन उनीहरूले राष्ट्रपतिलाई सचेत गराएका छन् ।

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - १३:०३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij