Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने म्याद थपियो

सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने म्याद थपियो


  • 1.2K
    Shares

    सागर डिस्टिलरीको आइपीओमा आवेदन दिने म्याद थपियो
    images

    काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा अब असोज ५ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीले भदौ ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो ।

    कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको छ।

    कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत अर्थात् १४ लाख ५२ हजार कित्ता शेयर (१४ करोड ५२ लाख रुपैयाँ बराबर) निष्काशन गर्न अनुमति पाएको थियो। त्यसमध्ये १० प्रतिशत (१ लाख ४५ हजार २०० कित्ता) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ।

    त्यसैगरी, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखिएको छ।

    बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता शेयर, जसको कुल मूल्य ११ करोड ९० लाख ६४ हजार रुपैयाँ छ । सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ। 

     

    प्रकाशित मिति :आश्विन २ २०८२ बिहिवार - ११:४८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij