Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

युरोपा लिग : आज २४ खेल हुँदै 

युरोपा लिग : आज २४ खेल हुँदै 


  • 8.2K
    Shares

    युरोपा लिग : आज २४ खेल हुँदै 

    काठमाडौं । युरोपा लिग फुटबल प्रतियोगिता अन्तर्गत आज (बिहीबार) विभिन्न २४ खेलहरु हुँदैछन् । आज अन्तर्गत समूह चरणको चौंथो खेलमा २४ क्लबहरुले प्रतिस्पर्धा गर्न लागेका हुन् ।  

    आजको खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको क्लब टोटेनहमले एलएएसकेसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११ः४० मा सुरु हुने छ । 

    आजको खेलमा टोटेनहम जित निकाल्दै समूह जेको शीर्ष स्थानमा रहने योजनामा रहने छ । लिगमा ४ खेल खेलेको टोटेनहमको ९ अंक रहेको छ । शीर्ष स्थानमा रहेको अन्टोरेपको पनि ९ अंक छ ।  

    सोहि समयमा हुने अर्को खेलमा इटालियन क्लब एसी मिलानले सेल्टिकसँग प्रतिस्पर्धा गर्दैछ । मिलान समूह एच अन्तर्गत लिगको दोस्रो स्थानमा रहेको छ । 

    त्यस्तै प्रिमियर लिग क्लब आर्सनलले खेलमा अष्ट्रियन क्लब रापिड विनसँग खेल्नेछ । समूह ‘बी’ मा रहेको आर्सनलले घरेलु मैदानमा रापिडसँग खेल्न लागेको हो । आर्सनल ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । आर्सनल यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।
     

    प्रकाशित मिति :मंसिर १८ २०७७ बिहिवार - १३:११:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij