Logo

२०८२ फाल्गुण २५ गते सोमवार

२०८२ फाल्गुण २५ गते सोमवार

न्यूजिल्याण्डलाई पराजित गर्दै भारतले जित्यो आइसीसी टि–२० विश्वकपको ट्रफी

न्यूजिल्याण्डलाई पराजित गर्दै भारतले जित्यो आइसीसी टि–२० विश्वकपको ट्रफी


  • 792
    Shares

    न्यूजिल्याण्डलाई पराजित गर्दै भारतले जित्यो आइसीसी टि–२०  विश्वकपको ट्रफी

    काठमाडौं । आइसीसी टि–२० विश्वकपको उपाधि भारतले जितेको छ ।

    आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई ९६ रनले पराजित गर्दै भारतले विश्वकपको ट्रफी जित्न सफल भएको हो ।


    भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डका टिम सिफर्ट बाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । सिफर्टले २६ बलमा ५२ रन र कप्तान मिचेल सेन्टनरले ३५ बलमा ४३ रन बनाए ।

    भारतका जसप्रित बुमराहले ४ विकेट लिए । चार ओभरमा बलिङ गरेका उनले मात्रै १५ रन मात्र खर्चिए । यस्तै अक्षर पटेलले ३ विकेट लिँदा वरुण चक्रवर्ती, हार्दिक पाण्ड्या र अभिषेक शर्माले एकएक विकेट लिए ।

    योसँगै भारतले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । यसअघि २०२४ मा पनि भारतले विश्वकपको उपाधि जितेको थियो ।

    प्रकाशित मिति :फाल्गुण २५ २०८२ सोमवार - ०७:५४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij