Logo

२०८२ फाल्गुण ४ गते सोमवार

२०८२ फाल्गुण ४ गते सोमवार

लगातार तीन हारपछि समूह चरणबाटै बाहिरियो नेपाल

लगातार तीन हारपछि समूह चरणबाटै बाहिरियो नेपाल


  • 260
    Shares

    लगातार तीन हारपछि समूह चरणबाटै बाहिरियो नेपाल

    काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग ९ विकेटले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको छ ।

    लगातार तीन जितपछि वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बन्दा लगातार तीन हार बेहोरेको नेपाल समूह चरणबाट बाहिरिने दोस्रो टोली बन्यो । नेपाल यसअघि इंग्ल्यान्ड र इटलीसँग पराजित भएको थियो ।

    समूह सी मा वेस्ट इन्डिजले अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । दुई जित र एक हारबाट इंग्लयाण्ड ४ अंकसहित दोस्रो स्थानमा छ । समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमशस् तेस्रो र चौथो स्थानमा छ । 

    नेपाल लगातार तीन हारपछि यस समूहमा अंकविहिन छ । अब मंगलबार स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेलमा नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।  

     

    प्रकाशित मिति :फाल्गुण ३ २०८२ आइतवार - १४:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij