Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

आकस्मिक रूपमा मिर्गौला खराब हुँदा वडाध्यक्षको निधन

आकस्मिक रूपमा मिर्गौला खराब हुँदा वडाध्यक्षको निधन


  • 512
    Shares

    आकस्मिक रूपमा मिर्गौला खराब हुँदा वडाध्यक्षको निधन

    काठमाडौं । स्याङ्जाको बिरुवा गाउँपालिका-८ का वडाध्यक्ष नवीनकुमार आलेको  निधन भएको छ। आकस्मिक र"पमा मिर्गौला खराब हुँदा उनको मृत्यु भएको चिकित्सकले बताएका छन्। 

    पोखरास्थित आस्था अस्पतालमा उपचारका क्रममा बुधबार उनको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार चार दिनअघि मात्र सामान्य बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।  

    २०७९ सालको स्थानीय तह निर्वाचनमा आले एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष आलेको निधनमा दुःख व्यक्त गर्दै विरुवा गाउँपालिकाले आज गाउँपालिकाभर शोक बिदा दिएको छ। 

    गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले पनि शोक विज्ञप्ति जारी गर्दै आलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 

    images
    प्रकाशित मिति :फाल्गुण २८ २०८२ बिहिवार - १२:५७:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij