Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २३ कराेडकाे काराेबार

शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २३ कराेडकाे काराेबार


  • 295
    Shares

    शेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब २३ कराेडकाे काराेबार
    images

    काठमाडौं । आज साताको दोस्रो कारोबारको दिन सोमबार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३५.९९ अंकले घटेर २,६७२ को विन्दुमा कायम भएको छ । 

    आज २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । 

    आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ३० करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने यूनियन हाइड्रोपावरको २४ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    23 share.JPG

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १५:३७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij