२०८२ भाद्र २० गते शुक्रवार
काठमाडौं । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ ।
न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक हिमालयन क्यापिटलले जनाएको छ । भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिनेछ ।
कम्पनीले इक्रा नेपालबाट बी माइनस रेटिङ पाएको छ । गत आर्थिक वर्ष चैत मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७२ पैसा ऋणात्मक छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ४० पैसा छ । साथै सो अवधिसम्म कम्पनीको सञ्चित नोक्सानी १ करोड ३१ लाख रुपैयाँ छ ।
कम्पनीले झापाको शिवसताक्षी नगरपालिकामा १० मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरेको छ । सो आयोजनाको कुल लागत ८७ करोड ९० लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत ८ रुपैयाँ ७९ पैसा छ ।
अनुमतिपत्र बहाल अवधि २२ वर्ष बाँकी छ । इक्वीटीमा साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ९।५५ वर्ष छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij