२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । साताको तेस्रो कोरोबारको दिन मंगलवार शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १९.८९ अंकले घटेर २,७४१ को विन्दुमा कायम भएको छ ।
आज २९ कम्पनीको शेयर मूल्य बढेको छ भने २२१ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३२३ कम्पनीको १ करोड ५ लाख ३५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ ।
आज सबेभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको २२ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको २० करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij