२०८२ श्रावण ३१ गते शनिवार
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से दोहोरो अंकले घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ बिन्दुमा झरेको छ ।
आज ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक ०।३१ प्रतिशतले बढ्दा लघुवित्त समूह सर्वाधिक २.३५ प्रतिशतले घटेको छ।
आज बजारमा ३० वटा कम्पनीको शेयरभाउ बढेको छ। यो २२० वटा कम्पनीको शेयरभाउ घटेको छ।
आज म्युचुअल फण्ड र अन्य समुह बाहेक सबै समुहका उपसूचक घटेको छ। यसदिन माइक्रोफाइनान्स २.३५ प्रतिशत र विकास बैंक समुह २.३१ प्रतिशतले घटेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij